Showing posts with label oscar award loksewa tayari kharidar tayari. Show all posts
Showing posts with label oscar award loksewa tayari kharidar tayari. Show all posts

Monday, April 9, 2018

ना सु, खरिदार, ने रा बैंक,अधिकृत र अन्य सेवा को लागि-नेपालको संविधान-२०७२ का १६ विशेषता


संविधान-२०७२ का १६ विशेषता
१. भाग २७, धारा ३०२ र अनुसूची ९ वटा रहेको यो संविधान लचिलो प्रकारको छ । संविधान परिवर्तन गर्नुपर्ने अवस्था आएमा विगतमा जस्तो आन्दोलन गरिरहनुपर्दैन, संसदको दुई तिहाइ बहुमतबाट संविधान परिमार्जन गर्न सकिन्छ ।
२. संविधानले संघीयतालाई आत्मसात गरेको छ । सात प्रदेशको समग्र खाका आएको छ । यसलाई परिमार्जन गर्न या थपघट गर्न सकिने संविधानभित्रै ठाउँछ । प्रदेशको नामाकरण प्रदेश संसदको दुई तिहाइले गर्नेछ भने सीमांकन आयोगमार्फत हुनेछ ।
३. शासन प्रणालीको हकमा संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री रहने संसदीय प्रणाली अपनाइएको छ । राष्ट्रपतिको चुनाव प्रदेशसभा सदस्य र केन्द्रीय संसदका सदस्यहरुले गर्छन् भने प्रधानमन्त्री संसदबाट छानिन्छ ।
४. सरकारलाई अस्थिर बन्न नदिन प्रधानमन्त्रीविरुद्ध सुरुका दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था गरिएको छ ।
५. संसदमा समावेशी प्रतिनिधित्व हुनेछ । मिश्रति निर्वाचन प्रणाली अपनाइएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी दुई संसद रहनेछन् । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० सहित २७५ सदस्य हुने छन् । राष्ट्रिय सभामा सात प्रदेशबाट निर्वाचित ५६ र राष्ट्रपतिबाट मनोनित तीनसहित ५९ सदस्य हुनेछन् ।
६. संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना हुनेछ । केन्द्रमा बढीमा २५ सदस्यीय मन्त्रिपरिषद बन्नेछ । चुनाव हारेका व्यक्ति मन्त्री बन्न पाउँदैनन् । प्रदेश सभा एक सदनात्मक हुनेछ । ७. सात प्रदेशका कुल सांसद पाँच सय ५० हुनेछ । प्रादेशिक संसदका कुल सांसदको २० प्रतिशत नबढ्ने गरी प्रान्तीय मन्त्रिपरिषद बन्नेछ । केन्द्रमा जस्तै प्रदेशमा पनि प्रत्यक्षतर्फ ६० र समानुपातिकतर्फ कोटामा ४० प्रतिशत सीट संख्या हुनेछ ।
प्रदेश सभाले आफ्नो राजधानी तय नगर्दासम्म नेपाल सरकारले तोकेको स्थानबाट कार्यसञ्चालन हुनेछ । संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार क्षेत्र विभाजन गरिएको छ । प्रदेशसभाको निर्वाचन र प्रदेश सरकार नबन्दासम्म उनीहरुको अधिकार पनि केन्द्रले प्रयोग गर्ने संक्रमणकालीन व्यवस्था गरिएको छ ।
८. संविधानतः नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनेछ । तर, धर्मनिरपेक्षताको व्याख्या गर्दै भनिएको छ- धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता बुझ्नुपर्नेछ ।
९. मौलिक हकसम्बन्धी वृहत व्यवस्था गरिएको छ । महिला र दलितलाई विशेष आरक्षणको व्यवस्था गरिएको छ । शिक्षा, स्वास्थ्य, पर्यावरण लगायतका हकहरुलाई मौलिक हक अन्तरगत राखिएको छ । तर, यसको प्रयोग ‘कानून बमोजिम हुने’ भनेर संकुचन गरिएको गुनासो पनि आएको अवस्था छ ।
१०. न्यायपालिका अन्तरगत केन्द्रमा सर्वोच्च अदालत रहने छ भने सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने व्यवस्था गरिएको छ । प्रदेशहरुमा उच्च अदालत रहनेछ भने जिल्ला सदरमुकाममा जिल्ला अदालतहरु रहनेछन् ।
११. नागरिकतासम्बन्धी प्रावधानमा वंशजको नागरिकता लिने प्रयोजनका लागि आमा वा बाबुको प्रावधान राखिएको छ । मधेसीहरुको मागलाई पनि नागरिकतामा समेटिएको छ ।
१२. मधेसी, थारु, मुस्लिम, आदिवासी जनजातिका लागि छुट्टाछुट्टै आयोग बनाइने प्रावधान छ । सबै माृतभाषा राष्ट्रभाषा, सरकारी कामकाजको भाषा देवनागरिक लिपिमा नेपाली भाषाको प्रयोग हुनेछ ।
१३. राष्ट्रिय जनावर गाईलाई राखिएको छ । राष्ट्रिय भन्डा र राष्ट्रिय गान यथावत नै राखिएको छ ।
१४. स्थानीय निकायको हकमा सरकारले गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको पुनर्सरचना गर्नेछ भने त्यसअघि स्थानीय निकायमा अन्तरिम चुनाव गर्ने संक्रमणकालीन व्यवस्था संविधानमा गरिएको छ ।
१५. चार वर्षका लागि निर्वाचित भएका संविधानसभाका सदस्यहरु बाँकी कार्यकालका लागि (बढीमा साढे तीन वर्ष) रुपान्तरित व्यवस्थापिका संसदको सदस्यका रुपमा कायम रहने छन् । तर, ०७४ साल माघभित्रै आम चुनाव घोषणा भएको अवस्थामा उम्मेद्वारी मनोनयनका दिनसम्म मात्रै उनीहरुको पदावधि रहनेछ ।
१६. यो संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभामुख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था संविधानमा छ । यी पदाधिकारीहरुको चयनको तिथि संसद अधिवेशन चालू नरहेको अवस्थामा अधिवेशन सुरु भएको दिनबाट गणना हुने छ । चालू अधिवेशन अन्त्य भएमा पनि संविधान जारी भएको सात दिनभित्रै अधिवेशन आह्वान गर्नुपर्ने संक्रमणकालीन व्यवस्था छ ।

नेपाल राष्ट्र बैंक,शाखा अधिकृत , ना सु , खरिदार को बिषयगत परीक्षाको लागि - सूचना व्यवस्थापन प्रणालीको समस्या र चुनौती तथा समाधान

संघीय संरचनामा सूचना व्यवस्थापन प्रणाली मार्फत सेवा प्रदानका लागि देखिएका समस्या,चुनौतीहरु र समाधानका उपायहरु यस प्रकार छन् :
पहिलोः उपयुक्त सफ्टवेयरको पहिचान तथा कानून निर्माणः नेपालमा बिना अध्ययन तथा business process reengineering (BPR) गरी कानूनको अभावमा हचुवा तथा परम्परागत तरिकाले अधिकांश सफ्टवेयर विकास गरी सञ्चालनमा ल्याइएको देखिन्छ। जसले गर्दा एकातर्फ सेवाग्राहीले परिवर्तनको आहसास गर्न सकेको छैन भने अर्कोतर्फ सेवा प्रदायक संस्थाले ढुक्कसँग सेवा प्रदान गर्न सकेको अवस्था देखिएको छैन। तसर्थः संघीय संरचना अनुसार उपयुक्त सूचना व्यवस्थापन प्रणाली मार्फत कुन -कुन सेवा केन्द्रबाट, कुन-कुन सेवा प्रदेशबाट, कुन-कुन सेवा स्थानीय तहबाट र कुन-कुन सेवा एकीकृत रुपमा सञ्चालन गर्न सकिने कुरा यकिन गरी सेवासँग सम्बन्धित प्रक्रियाहरु वास्तविक रुपमा स्वचालन (automation) हुने गरी  citizen-centric सेवा प्रदानका लागि BPR गरी आवश्यक सफ्टवेयरको पहिचान र सो तथा सूचना प्रविधिको क्षेत्रमा निरन्तर भईरहने परिवर्तनलाई समेत आत्मसात हुने गरी कानूनको निर्माण गर्नुपर्ने देखिन्छ। उदाहरणको लागि व्यक्तिगत विवरण अभिलेख राख्ने पञ्जीकरण, जिल्ला प्रशासन, पासपोर्ट, निर्वाचन, मालपोत, तथ्याङ्क जस्ता निकायहरु आ-आफ्नै तरिकाले विवरण संकलन गर्नुको सट्टा एक-अर्कासँग सूचना आदान-प्रदान हुने गरी प्रक्रियाहरु स्वचालन हुने किसिमले BPR तथा सफ्टवेयर विकास गर्नुपर्दछ र सोही अनुसार कानूनको निर्माण गर्नुपर्दछ। यसले गर्दा कम लागत तथा परिश्रममा सेवा प्रदान गर्न सकिनुका साथै प्रणाली विकास तथा सञ्चालन गर्न सहज हुने र प्रणालीले कानूनी वैद्यता पाउने भएकोले प्रयोग गर्नमा सहजता र आमजनतामा यसप्रति विश्वास सृजना हुनसक्दछ।
दोस्रोः सुहाउँदो तथा सुरक्षित सफ्टवेयर विकास, परिमार्जन तथा सञ्चालनः सूचना प्रविधिको क्षेत्रमा भईरहेको लगातार परिवर्तन तथा समय-समयमा आउने विभिन्न किसिमका सुरक्षा चुनौतीहरु समेत ध्यानमा राखेर समय-सापेक्ष सफ्टवेयर विकास तथा परिमार्जन नहुँदा सूचना प्रविधि मार्फत सेवा प्रदान गर्न समस्या हुने गरेको पाइन्छ। भौ
तिक संरचना, नेटवर्क, आपरेटिङ्ग सिस्टम, डाटावेस, नेटवर्क, प्रणाली र जनशक्ति स्तरमा सुरक्षा दृष्टिकोणले चुनौतीहरु आउन सकिने देखिन्छ। समाज तथा आवश्यकता समय अनुसार परिवर्तनशील हुने भओ 
एकोले सोही बमोजिम कानूनमा समायोजन र प्रणाली विकास तथा परिमार्जित हुनुपर्दछ। खासगरी प्रणाली विकास तथा सञ्चालन गर्दा ३० प्रतिशत आवश्यकता पहिचान, सिस्टम विश्लेषण र
डिजाइन, ४० प्रतिशत कोडिङ्ग तथा परीक्षण र ३० प्रतिशत डकुमेण्टेशन, डाटा माइग्रेशन, तालिम र सपोर्ट सेवामा मिहिनेत तथा समय लाग्ने गर्दछ। नेपालमा सफ्टवेयर विकास गराउने निकाय तथा सम्बन्धित परामर्शदाताले यी विषयहरुमा खासै ध्यान दिएको देखिदैन। फलस्वरुप प्रणाली विकासका समयमा आवश्यकता प्रायः परिवर्तन भैरहने जसले गर्दा समयमा प्रोजेक्ट नसक्ने र सञ्चालनका बखत समेत विभिन्न किसिमका समस्या सृजना हुने गरेको पाइन्छ।
नयाँ प्रणाली विकास गर्नुको मतलब पुरानो सबै इलेक्नट्रोनिक डाटा फालेर नयाँ ढङ्गले काम गर्नु पक्कै होइन। पुरानो डाटा यदि छ भने सोको उपयोग हुने गरी सफ्टवेयर विकास गर्नु हो। आजकल इन्टरनेटको उपलब्धताले गर्दा वेबमा आधारित सफ्टवेयरबाट हुने विभिन्न फाइदाहरुका कारण वेबमा आधारित सफ्टवेयर विकासको क्रेज बढेको पाइन्छ।
सफ्टवेयर विकास गर्दा विभिन्न किसिमका सेक्युरेटी थ्रेटलाई समेत मध्यनजर गर्नुपर्दछ। विभिन्न निकायसँग पूर्ण निर्भर हुने गरी एकीकृत सफ्टवेयर विकास गर्दा बढी उपयोगी भए पनि कर्मचारीको कार्यशैली, उपलब्ध साधनश्रोत, जनशक्तिको अवस्था तथा पृथक सोच र सफ्टवेयरको performance समेतका कारणले एउटै निकायले आफ्ना विभिन्न कार्यहरुका लागि एकीकृत हुने गरी नागरिक केन्द्रित वेबमा आधारित सफ्टवेयर विकास गर्नुपर्दछ। यसका अतिरिक्त एक-अर्का निकायका प्रणालीसँग सूचना आदान-प्रदान हुने  किसिमले नेपाल सरकारले तोकेको NeGIF र GEA मापदण्ड अनुसार प्रणाली विकास गर्दा बढी उपयोगी हुनुका साथै अर्कामाथि निर्भर नभई प्रणाली सञ्चालन गर्न सकिन्छ। नेपालमा विद्युत तथा इन्टरनेट आपूर्ति माथि हाल पूर्ण रुपमा निर्भर हुन सक्ने अवस्था नरहेकोले सो कुरालाई समेत ध्यान दिई सफ्टवेयर विकास गर्नुपर्दछ।
तेस्रोः डाटा शुद्धताः सेवाग्राही स्वंयले डाटा प्रविष्टि नगर्ने भएको वा कर्मचारीबाट डाटा प्रविष्ट भएपनि सेवाग्राहीले सोको हुबहु रुजु नगरेको अवस्थाले गर्दा डाटाको गुणस्तर कायम गर्न चुनौती देखिएको छ।आवश्यक प्रणाली विकास गरेर मात्र हुँदैन। यसका लागि चाहिने मुख्य तत्व नै डाटा हो, त्यो पनि शुद्ध। सेवा प्रदानका लागि शुद्ध डाटाको महत्व धेरै ठूलो छ। तसर्थः शुद्ध डाटा प्रविष्टिका लागि सेवाग्राहीबाट अनलाइन फाराम तथा आवश्यक कागजात अपलोड गराउनु वा सेवाकेन्द्रको मार्फत फाराम भराई तथा आवश्यक कागजात अपलोड गराई सम्बन्धित सेवाग्राहीबाट रुजु गराई फाराम सबमिट गराउनु पर्दछ।
चौथोः विद्युत आपूर्तिः नेपालमा विद्युतको लगातार आपूर्ति नहुनु एक समस्याको रुपमा रही आएको छ। यद्यपि एक वर्षदेखि यसमा धेरै नै सुधार भएको देखिन्छ। सूचना व्यवस्थापन प्रणाली मार्फत सेवा प्रदान गर्न विद्युतको आवश्यकता भएकोले यसको भरपर्दो व्यवस्था गर्नुपर्दछ। वैकल्पिक व्यवस्थाको रुपमा सोलार वा ब्याट्री वा जेनरेटरको व्यवस्था हुनुपर्दछ।
पाँचौः इन्टरनेट र इन्टरानेट कनेक्टिभिट्टीः सडक मर्मत सम्भार नेपालभरि चलिरेहेको र इन्टरनेटर इन्टरानेटको ठाउँ-ठाउँमा विस्तार पनि भैरहेकोले लगातार आवश्यक गतिमा इन्टरनेट र इन्टरानेट उपलब्धतामा उतारचढाव भएको सहजै देख्न सकिन्छ । तसर्थः सेवाको संवेदनशीलतालाई मध्यनजर गरी नेपाल टेलिकम वा अन्य सेवा प्रदायक माथि पूर्ण रुपमा विश्वास गर्न सकिने अवस्था नरहेकोले business continuity का लागि कम्तिमा Alternate कम्पनीको इन्टरनेट वा इन्टरानेट सेवा खरिद गर्नुपर्ने हुन्छ।
छैठौः डाटा सेन्टर सञ्चालनः सूचना व्यवस्थापन प्रणाली सुरक्षित तथा सुचारु रुपमा सञ्चालनका लागि आवश्यक पर्ने डाटा सेन्टर निर्माण र सञ्चालनमा आर्थिक तथा प्राविधिक पक्ष चुनौतीको रुपमा देखिएको छ। यसका लागि वातावरण अनुकुल भवन, सर्भर लगायत अन्य उपकरणहरु जस्तै स्टोरेज, नेटवर्क स्वीच आदि र अन्य सफ्टवेयर जस्तै डाटावेस, युटिलिटी सफ्टवेयर र आपरेटिङ्ग सफ्टवेयर, दक्ष जनशक्ति, विद्युत आपूर्ति र इन्टरनेट आवश्यक पर्दछ। प्रत्येक निकायले प्रणाली सञ्चालनका लागि छुट्टै डाटा सेन्टर निर्माण गर्दा महँगो पर्नुका साथै व्यवस्थित सञ्चालनका लागि दक्ष जनशक्तिको पदपूर्तिको अतिरिक्त उपलब्ध साधनश्रोतको क्षमताको पूर्ण उपयोग गर्न नसकिने भएकोले यसको सट्टा आवश्यकता, प्रयोग, मर्मत सम्भार र सञ्चालनको दृष्टिकोणले हाल सञ्चालनमा रहेको नेपाल सरकारको डाटा सेन्टरमा प्रणाली राखी सञ्चालन गर्न उपयुक्त देखिन्छ। बरु सूचना प्रविधि विभागले व्यवस्थित रुपमा विभिन्न सरकारी सेवाहरु विद्युतीय मार्फत प्रदानका लागि भविष्यमा आउने सक्ने भूकम्प, आगो जस्ता दैवी प्रकोपबाट बच्न समेत ध्यानमा राखी सातै वटा प्रदेशमा दक्ष जनशक्तिको पदपूर्ती सहित सुविधासम्पन्न डाटा सेन्टर निर्माण गरी सञ्चालन गर्नुपर्दछ। यसो भयो भने बिना रोकावट आमजनता तथा सरोकारवालाहरुलाई २४ औं घण्टा सुरक्षित सेवा प्रदान गर्न सकिन्छ।
सातौः दक्ष जनशक्ति पदपूर्ति, स्पष्ट कार्य विवरण तथा अधिकार र वृतिविकासः दक्ष सूचना प्रविधि जनशक्तिको अभावको साथै स्पष्ट कार्य विवरण तथा अधिकार र वृतिविकासको अभावमा लोक सेवा आयोगबाट पदपूर्ति भएका दक्ष जनशक्तिहरुलाई नेपाल सरकारका निकायहरुले भरपूर उपयोग गर्न सकेको छैन। दक्ष, विवेकी, अनुशासित तथा लगनशील जनशक्तिले मात्र संस्थालाई आफ्नो गन्तब्यमा लैजान मद्दत गर्ने भएकाले प्रणाली सञ्चालन तथा व्यवस्थापन र सेवा प्रदानका लागि आवश्यक संख्यामा विभिन्न तहका दक्ष जनशक्तिहरुको पदपूर्ति समयमै हुनुपर्दछ।
निजामती सेवाका करिब ८७ हजारभन्दा बढी कर्मचारीहरु मध्ये विविध सेवा अन्तर्गत सूचना प्रविधि सम्बन्धी कर्मचारीहरु करिब १४ सयको हराहारीमा रहेको छ। विविध सेवा अन्तर्गत रहने यी कर्माचारीहरुलाई  सूचना प्रविधिका कर्मचारीहरु प्रशासन विषय समेतको ज्ञान रहने भएकोले प्रशासन सेवा अन्तर्गत सूचना प्रविधि उपसमुह सृजना गरी मिलान गर्न वा निजामती सेवा अन्तर्गत सूचना प्रविधि सेवा सृजना गरी मिलान गर्दा उपयुक्त देखिन्छ। आउने दिनमा सूचना प्रविधिको प्रयोग स्वभाविक रुपमा विभिन्न क्षेत्रहरुमा बढोत्तरी हुने देखिएकोले यस कार्यमा संलग्न कर्मचारीहरुको वृतिविकासको बारेमा उचित व्यवस्था हुनुपर्दछ।
स्थानीय तहबाट संविधानतः प्रदान गरिने सेवाहरु विद्युतीय मार्फत गर्न सेवाको क्षेत्र तथा संवेदनशीलता र जनसंख्यालाई हेरी प्रत्येक तहमा सूचना प्रविधि एकाई वा शाखा वा महाशाखाको स्थापना हुनुपर्ने देखिन्छ। यसका अतिरिक्त आवश्यक संख्यामा विभिन्न तहका सूचना प्रविधि कर्मचारीहरु आवश्यक पर्ने देखिन्छ। हालसम्म एउटा सूचना प्रविधि अधिकृत र ईञ्जिनियर वा डाटा इन्ट्री अपरेटर वा टेक्निसियनले सबै कार्य गर्न सक्ने सोचका कारण यसमा आशातित सफलता पाउन सकिएको छैंन।
प्रणाली सञ्चालनका लागि निरन्तर सपोर्टको आवश्यकता भएकोले सोही बमोजिम विभिन्न तहका सूचना प्रविधि कर्मचारीहरु आवश्यक पर्ने हुन्छ। साथै स्थानीय तह, प्रदेश वा संघबाट प्रदान गरिने विद्युतीय सेवाहरु संवेदनशील भएकाले करारका कर्मचारीहरुबाट सो सेवा प्रदान गर्दा यसबाट भविष्यमा आउन सकिने जोखिमलाई समेत विचार गर्दा ती पदहरुमा स्थायी कर्मचारी पदपूर्ति गर्दा बढी उपयुक्त हुने देखिन्छ। यसले जिम्मेवारी पूर्वक सुरक्षित प्रणाली सञ्चालनमा मद्दत मिल्नुको साथै एउटा दक्ष नेपाली नागरिकले स्थायी नौकरी पाउन सक्दछ।
यसका अतिरिक्त right man for right post अनुसार कर्मचारी पदस्थापन हुनुपर्नेको साथै कार्यालयमा आएकै दिन स्पष्ट कार्यविवरण सहित उसले पाउने सुविधा, अधिकार, सुपरिवेक्षकको नाम, पुरस्कार र दण्ड खुल्नेगरी पत्र दिनु पर्दछ। काम एक जनाले गर्ने पुरस्कार वा प्रशंसा अर्कोले पाउने तर काम बिग्रेको अवस्थामा काम गर्नेले जिम्मेवारी लिनुपर्ने वा गाली सुन्नुपर्ने विद्यमान अवस्थाको अन्त्य हुनुपर्दछ। यसले गर्दा कर्मचारी पूर्ण रुपमा वफादार भई आफ्नो तोकिएको जिम्मेवारी अनुशासित भई सफलतापूर्वक निर्वाह गर्न सक्दछ। यस्तै निष्पक्ष रुपमा सम्पादित कार्यको समय-समयमा मूल्यांकन हुनुपर्दछ।
आठौः मर्मत तथा सम्भारका लागि बजेट उपलब्धताः व्यवस्थित रुपमा सफ्टवेयर सञ्चालनका लागि मर्मत तथा सम्भार शीर्षकमा प्रयाप्त बजेट उपलब्धता नहुनु पनि एक समस्याको रुपमा देखिन्छ। जसले गर्दा सञ्चालनमा रहेको सफ्टवेयर परिमार्जित गरी सञ्चालन नगरी नयाँ सफ्टवेयर विकास तर्फ पहल गरेको देखिन्छ। प्रणाली व्यवस्थित रुपमा सञ्चालनका लागि आवश्यक बजेट उपलब्ध हुनुपर्दछ। यसले सूचना प्रविधिको क्षेत्रमा भईरहने परिवर्तनाई आत्मसात समेत गर्न टेवा पुग्दछ।
नौः प्रणाली अडिटः नेपालमा प्रयोग भईरहेको सूचना प्रणालीको अडिट विरलै गरेको सुन्न पाइन्छ, जसले गर्दा प्रणाली सञ्चालन गर्ने निकायले आफ्नै तरिकाले सेवा प्रदान गरिरहेको छ। यो आफैमा राम्रो होइन। तसर्थः सफ्टवेयरमा भएको प्रावधान तथा तोकिएको कार्यविवरण अनुसार यसमा संलग्न कर्मचारीले काम गरेको छ कि छैन ? प्रणालीमा कुनै किसिमको कमजोरी छ कि ? डाटाको गुणस्तर कस्तो छ ? कसैले डाटा अनजान वा जानी-जानी परिवर्तन गरीरहेको छ ? आदि पता लगाउनका लागि प्रणाली अडिट सम्बन्धित निकायले वर्षेनी गर्नुपर्दछ। यसले प्रणाली समयानुसार robust बनाउन तथा प्रणाली प्रयोग माथि विश्वास जगाउन मद्दत गर्दछ।
दसौः जनचेतना तथा तालिम कार्यक्रम सञ्चालनः अधिकांश निकायले सूचना प्रणाली तथा प्रदान गरिने सेवा बारेमा आमजनता तथा सरोकारवालाहरुलाई जानकारी गराउन तथा समय-सापेक्ष मौजूदा कर्मचारीहरुलाई तालिम दिन नसकेको कुरा कमजोर पक्षको रुपमा देखिएको छ। तसर्थः आमजनता तथा सरोकारवालाहरुलाई विद्युतीय मार्फत सेवा प्राप्त गर्ने बारेमा जनचेतना प्रदान गर्नुपर्दछ। अनिमात्र प्रणालीको बढी भन्दा बढी प्रयोग हुन सक्दछ। सूचना प्रविधि क्षेत्रमा भईरहेको निरन्तर परिवर्तनलाई आत्मसात गर्न यस कार्यमा संलग्न जनशक्तिहरुलाई जिम्मेवारी अनुसार समय-समयमा तालिम तथा अवलोकन भ्रमण गराउनुपर्दछ। फलस्वरुप प्रणाली सहजतापूर्वक सञ्चालन गर्न मद्दत पुग्ने देखिन्छ।
अन्त्यमा संघीय संरचना अनुसार संविधानतः सेवा प्रदान गर्न हाल चुनौतीको रुपमा देखिएको छ। संविधान अनुसार नयाँ संरचना निर्माण हुने क्रममा रहेकाले विभिन्न विषयहरुमा सहज तथा किफायती सेवा प्रदान गर्न एकद्वार प्रणाली (Single Window System) अन्तर्गत नागरिक केन्द्रित सेवाहरु प्रदान गर्न उपयुक्त वेबमा आधारित सूचना व्यवस्थापन प्रणाली विकास गरी सञ्चालनमा ल्याउन अत्यन्त जरुरी देखिएको छ। यसका लागि मौजूदा प्रक्रियाहरु वास्तविक रुपमा स्वचालन हुने गरी BPR सहित प्रणालीको विकास तथा सञ्चालन र कानूनको निर्माण गर्न ढिलाई हुनु हुँदैन।
उपयुक्त सूचना व्यवस्थापन प्रणालीले सेवा प्रदानका चरण घटाउन, डकुमेण्ट कम गर्न र कर्मचारी घटाउन सहयोग गर्न सक्दछ। यसका अतिरिक्त आवश्यकतानुसार केन्द्र, प्रदेश वा स्थानीय तहबाट सेवाहरुको अनुगमन गर्न सकिन्छ। यसले कागती प्रणालीबाट हुने mal-practices बाट बच्न, भ्रष्टाचार न्यूनीकरण गर्न र सम्बन्धित कर्मचारीलाई जिम्मेवार बनाउन अहंम भूमिका निर्वाह गर्न सक्दछ। यसरी कम समय तथा कम लागतमा नेपाल फड्को मार्न सक्दछ। फलस्वरुप सरकारको credibility बढने तथा आमजनतामा विश्वास सृजना हुन सक्ने देखिन्छ। साथै ई-सरकारको रैकिङ्गमा नेपालले उच्च स्थान प्राप्त गर्न सक्दछ।

Sunday, March 11, 2018

# Oscar Award 2018 ९० औ ओस्कर अवार्ड २०१८ - Lok Sewa

९० औ ओस्कर अवार्ड २०१८
सर्वोत्कृष्ट चलचित्र ? = The shape of water
#Best actor = Gary oldman (चलचित्र - Darkest hour)
#Best actress = Frances Mcdormand (चलचित्र - Three Billboards Outside Ebbing, Missouri)
#ओस्कार अवार्ड चलचित्रसँग सम्बन्धित छ ।
#यो अवार्ड अमेरिकाको Academy of Motion Picture Arts and Sciences (AMPAS) ले प्रदान गर्दछ ।
#८९ औ अोस्कार अवार्डको सर्वोत्कृष्ट फिल्म Moonlight हो ।
#यो पुरस्कार पहिलो पटक सन् १९२९ मे १६ मा प्रदान गरिएको थियो ।

Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide

Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide Youtube Channel: www.youtube.com/c/loksewaaayogguidene...