Monday, April 9, 2018

नेपाल राष्ट्र बैंक,शाखा अधिकृत , ना सु , खरिदार को बिषयगत परीक्षाको लागि - संघीय संरचनामा सूचना व्यवस्थापन प्रणाली

नेपालको संविधानको धारा ५६ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने उल्लेख छ। सो अनुसार नेपाललाई ७ वटा प्रदेश र ७५३ स्थानीय तहरुमा विभाजित गरिएको छ। यस्तै संविधानको धारा ५७ बमोजिम राज्यशक्तिको बाँडफाँड गरिएको छ; जसअनुसार अनुसूची ५ मा संघको अधिकार, अनुसूची ६ मा प्रदेशको अधिकार, अनुसूची ७ मा संघ र प्रदेशको साझा अधिकार, अनुसूची ८ मा स्थानीय तहको अधिकार र अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारका विषयसूचीहरु उल्लेख छ।
आमजनतासँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश विषय अर्थात २२ वटा विषयहरुमा सेवा स्थानीय तह र बाँकी विषयमा प्रदेश र संघमै उपलब्ध हुने भएकोले नागरिक केन्द्रित सेवाहरु प्रदान गर्नका लागि उपयुक्त सूचना व्यवस्थापन प्रणालीको विकास हुनुपर्ने देखिन्छ । यसको प्रयोग मार्फत ती सेवाहरु सहज, सरल तथा व्यवस्थित रुपमा स्थानीय तहमै उपलब्ध गराउन सकिन्छ। संविधानमा उल्लिखित विभिन्न सेवाहरु स्थानीय तहमा सफलतापूर्वक उपलब्ध गराउन सकिएमा अन्य सेवाहरु भविष्यमा क्रमशः स्थानीय तहमा आउन सकिने अवस्था सृजना हुन सक्ने देखिन्छ।
सन् २०२० सम्ममा तारमा आधारित (wired) वा विनातारको (wireless) ब्रोडब्याण्डको पहुँच सबै स्थानीय तहहरुमा पु-याउने लक्ष्य रहेको कुरा नेपाल सरकारको ब्रोडब्याण्ड नीति, २०७१ मा उल्लेख छ। नेपाल दुरसञ्चार प्राधिकरणले २०७४ माघमा प्रकाशित गरेको MIS प्रतिवेदन अनुसार नेपालमा ६३.८१ प्रतिशत इन्टरनेट penetration रहेको छ। एक वर्षदेखि विद्युतको आपूर्ति नेपालमा प्रशंसनीय रुपमा भईरहेको छ। यसरी इन्टरनेटको विस्तार तथा विद्युतको लगातार आपूर्तिले गर्दा नेपालमा अनलाइन सेवा प्रदान गर्नमा सहज हुने देखिएको छ।
संयुक्त राष्ट्रसंघले एक वर्षपछिको अन्तरालमा आफ्ना सदस्य राष्ट्रहरुको E-Government Development Index (EGDI) निकाल्ने गर्दछ र यसका लागि तीन वटा (Components): Online Service Index (OSI), Telecommunication Infrastructure Index (TII) र Human Capital Index(HCI) को value मापन गरी त्यसको औसत निकालिन्छ। सन् २०१६ मा प्रकाशित E-Government Survey अनुसार १९३ सदस्य राष्ट्रहरुमध्ये युनाइटेड किङ्गडम, अष्ट्रेलिया, कोरिया, सिङ्गापुर, फिनल्याण्ड, स्वीडेन, नेदरल्याण्ड, न्यूजील्याण्ड, डेनमार्क र फ्रान्स क्रमशः प्रथम दस स्थानमा रहेको छ र नेपाल १३५ औं स्थानमा रहेको छ। नेपालले यो क्षेत्रमा आफ्नो स्थान माथि उकास्नका लागि राम्रै मिहिनेत गर्नुपर्ने देखिन्छ।
नेपालको संविधान बमोजिम सबै तहको निर्वाचन हालै सफलतापूर्वक सम्पन्न भई स्थानीय तह, प्रदेश र संघमा सरकारहरु निर्माण भई सञ्चालनमा आईसकेको छ। हाल केन्द्रीकृत रुपमा सञ्चालनमा रहेका सेवाहरु संविधानतः स्थानीय तह, प्रदेश र संघमा दोहरोपन नहुने गरी लैजान चुनौतीको रुपमा देखिएको छ। अर्कोतर्फ राज्यबाट प्रदान गरिने सेवाहरु आमजनताले सजिलै, किफायती र समयमा प्राप्त गर्न नसकेको जनगुनासो रहेको छ। जनसंख्यावृद्धि तथा आमजनतामा भएको सचेतना वृद्धिले गर्दा सूचना प्रविधिको प्रयोग बिना अब पुरानो तरिकाले सरकारबाट प्रदान गरिने सेवा दिन नसकिने देखिन्छ। यस परिप्रेक्ष्यमा उपयुक्त सूचना व्यवस्थापन प्रणाली विकास गरी सञ्चालनमा ल्याउन सकियो भने कम जनशक्तिको परिचालनमा गुणस्तर तथा व्यवस्थित सेवा प्रदान गर्न सकिन्छ। यसका लागि विभिन्न प्रक्रियाहरु स्वाचलन हुने गरी वेबमा आधारित एकीकृत सूचना व्यवस्थापन प्रणाली विकास गरी सञ्चालनमा ल्याउनुपर्दछ। यसको optimum प्रयोग मार्फत विभिन्न सेवाहरु एकीकृत रुपमा स्थानीयस्तरबाट नै प्रदान गर्न सकिन्छ।

Sunday, April 8, 2018

बजेट भनेको के हो ? कसरी तर्जुमा गरिन्छ ?

Lok Sewa Aayog Guide सामान्य अर्थमा बजेट भनेको आय र व्ययको दस्तावेज हो । यसले आम्दानी तथा खर्च कति गर्ने भन्ने कुराको निर्धारण गर्छ । तर आधुनिक अर्थशास्त्र अनुसार बजेट भनेको संबैधानिक तथा राजनैतिक दस्तावेज हो, जसमा नीति तथा आयव्ययको कुराहरु पनि उल्लेख हुन्छ । बजेटले आम जनताका रुचिहरु र सरकारका नीतिहरुको संयोजन गर्ने काम गर्छ । सरकार, राज्य तथा राजनैतिक दलहरुले विकास निमार्णका कुराहरु जनतामाझ लैजान खोजेका हुन्छन् । ती कुराहरु संविधान र आवधिक योजनालाई बजेटकै माध्यामबाट अन्तिम रुप दिई नतिजा दिने काम हुन्छ । बजेट सर्वसाधरण, उद्योग व्यवसायी, राजनैतिक दल, राज्य सबैलाई सरोकार भएको विषय हो । 
बजेट तर्जुमाका प्रक्रिया
बजेट अर्थ राजनीति र अर्थशास्त्रको विषय हो । बजेटको सम्बन्ध संविधानसँग हुन्छ । संविधानले बजेट यस्तो बन्नुपर्छ भनेर मार्गदर्शन प्रदान गर्दछ । संविधानले भने अनुसार आवधिक योजना बन्छ । संघीय गणतन्त्र नेपालको संविधानले ३२ वटा मौलिक हक तथा अधिकारहरु सुरक्षित गरेको छ । कर उठाउने विषय, खर्च गर्ने विषय, यी विषयहरुमा कसको अधिकार हुन्छ भन्ने कुराबारे नेपालको संविधानमा उल्लेख छ । नेपालको संविधानलाई हेर्ने हो भने स्वतन्त्र र आत्मानिर्भर अर्थतन्त्रको निर्माण गर्ने भन्ने कुरा उल्लेख छ । बजेट निर्माणको सवालमा नेपालमा केही कानुनहरु पनि छन् । आर्थिक कार्य्िवधि ऐन २०५५, आर्थिक कार्यविधि नियमावली २०६४, स्थानीय तहको सवालमा आर्थिक कार्यविधि सम्बन्धी नियमावली २०६४ लगायतले बजेट निर्माणका लागि मार्ग निर्देशन गर्ने गर्दछ । 
बजेटको कार्यान्वयन
सबै कुरा प्रदेश क्षेत्रले तयार गरिसकेपछि कार्यन्वयन गर्ने काम हुन्छ । बजेटको अर्को चक्रमा बजेटको कार्यान्वयन भएको छ या छैन भनेर अनुगमन गर्ने काम हुन्छ । स्वतन्त्र लेखापरीक्षकको काम महालेखापरीक्षकले गर्ने गर्छन् । महालेखापरीक्षकले बजेट कार्यान्वयनको सम्बन्धमा प्रतिवेदन निकाल्ने काम गर्छ । 
बजेट निर्माणको तयारी 
नेपालमा कार्तिकबाट बजेट निमार्णको तयारी सुरु हुन्छ । जेष्ठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्छ । बजेट निर्माण गर्ने सवालमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, अन्य सम्बन्धित मन्त्रालयहरु, जिल्ला विकास समिति, नगरपालिका, गाँउ विकास समिति, स्थानीय तहको लागि स्थानीय निकायको सहभागीता हुन्छ । त्यस्तै राष्ट्र बैंकले मौद्रीक नीति कस्तो लिनुपर्छ भनेर आफ्नै ठाँउबाट काम गर्छ । विज्ञहरु, योजनाकारहरु, मिडियाहरुले समेत विभिन्न कुराहरुलाई उजागर गरेर बजेट निर्माण कार्यमा सहयोग गरिरहेका हुन्छन् । हरेक संघसंस्था तथा निकायहरु बजेट निर्माणमा लागिरहेका हुन्छन् । विभिन्न संस्थाहरुले बजेटसम्बन्धी मोडलहरु दिएका हुुन्छन्, त्यसलाई नमुना बजेट भनिन्छ । बजेटको सबै ठुलाठुला किताबहरु जनताहरुले बुझ्दैनन् । त्यसकारण राज्यले त्यसलाई नागरिक बजेट भनेर सरल तरिकाले निर्माण गर्ने काम गर्छ । 

२०७४ चैत्र २५ को शाखा अधिकृत द्वितीय पत्रको प्रश्न पत्र . डाउनलोड गरि सुरक्षित राख्नुहोला


Second Paper - Section Officer 2074 (Sakha Adhikrit) 
आफ्नो प्रति डाउनलोड गरि सुरक्षित राख्नुहोला .


Second Paper - Section Officer 2074 (Sakha Adhikrit) 
आफ्नो प्रति डाउनलोड गरि सुरक्षित राख्नुहोला .








Friday, April 6, 2018

नेपाल राष्ट्र बैंक , खरिदार र अन्य संस्थान परिक्षा को लागि अत्यावश्यक बैंकिङ जानकारी भाग 3

भाग 3



धितोपत्र ब्यापारी 
प्राथमिक बजामा निष्काशन भएका धितोपत्रहरु सवै वा केही खरीद गरी धितोपत्र बजार मार्फत बिक्री गर्ने र ग्राहकसँग लगानी करार गरी लगानी प्रवन्ध गर्ने जस्ता कार्यहरु गर्ने धितोपत्र ब्यवसायीलाई धितोपत्र ब्यापारी भनिन्छ । धितोपत्र ब्यापारीले ग्राहक वा आफ्नो नामबाट धितोपत्र दलाल मार्फत धितोपत्र खरीद बिक्री कारोबार गर्दछ ।
बजार निर्माता 
नेपाल सरकारको जमानतमा जारी भएको डिवेञ्चर वा सामूहिक लगानी योजना वा सूचीकृत धितोपत्रहरुमा तरलता प्रदान गर्ने उद्देश्यले धितोपत्र आफ्नो नामबाट खरीद बिक्री कारोबार गर्ने संस्थालाई बजार निर्माता भनिन्छ ।
सेयर रजिष्ट्रार
संगठित संस्थाहरुको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिल खारेज वा नामासारी गर्ने र सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मा लिने संस्थालाई सेयर रजिष्ट्रार भनिन्छ ।
डिवेञ्चर 
तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा जारी गरिएको धितोपत्रलाई डिवेञ्चर भनिन्छ । यसको अंकित मूल्य साधारणतः १ हजार रुपैँया हुन्छ । डिवेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्दछन् । साधारण सेयर र अग्राधिकार सेयरमा लाभांश दिनु अघि नै डिवेञ्चरवालाहरुले ब्याज प्राप्त गर्दछन् । संगठित संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवालाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन । डिवेञ्चरवाला र संगठित संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ । यदि, कम्पनीले तोकिएको दर र समयमा ब्याज प्रदान गर्न असमर्थ भएमा डिवेञ्चरवालाहरुले कम्पनी खारेजीमा पठाउन कार्यवाही चालाउन सक्छन् । प्रायः जोखिम लिन नचाहने लगानीकर्ताहरु डिवेञ्चरमा लगानी गर्न रुचाउँछन् । डिवेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने अवसर र मतदान अधिकार प्राप्त हुँदैन । डिवेञ्चरहरु सुरक्षित (कम्पनीको सम्पत्ति जमानत वा बन्धक राखी निष्काशन हुने) वा असुरक्षित, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशिल (निश्चित समयावधि पछि साधारण सेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।
वारेन्ट 
कुनै निश्चित समयमा तोकिएको संख्या र मूल्यमा साधारण सेयर खरीद गर्न सकिने गरी जारी गरिएको धितोपत्र औजारलाई वारेन्ट भनिन्छ । अर्को शब्दमा भविष्यमा कम्पनीको साधारण शेयर खरीद गर्न लगानीकर्ताहरुलाई दिइएको अधिकार नै वारेन्ट हो । सामान्यतः बण्डको निष्काशनलाई लगानीकर्ताहरु समक्ष आकर्षक गराउन बण्डसँगै वारेन्ट पनि दिइन्छ । भविष्यमा गएर वारेन्ट प्रयोग गरी साधारण सेयर लिने वा नलिने विकल्प सम्बन्धमा निर्णय लिन लगानीकर्ता स्वतन्त्र हुन्छ । वारेन्ट प्रयोग गर्दा यो साधारण सेयरमा परिवर्तन हुन्छ तर बण्ड भने जस्ताको तस्तै रहन्छ । वारेन्ट निष्काशन गर्दा भविष्यमा साधारण सेयर खरीद गर्नका लागि भुक्तानी गर्नुपर्ने मूल्य, वारेन्ट प्रयोग गरी साधारण शेयर प्राप्त गर्न सकिने अनुपात र वारेन्ट प्रयोग गरिसक्नुपर्ने समयावधि जस्ता कुराहरु खुलाइएको हुन्छ ।
ब्लू चिप सेयर
संगठित संस्थाको कुशल ब्यवस्थापन गरी लामो समयदेखि नाफा कमाउँदै र लगानीकर्ताहरुलाइ लाभांश प्रदान गर्दै आउनुको साथै लगानीकर्ताहरुप्रतिको जवाफदेहिताप्रति सजग हुदै लगानीकर्ताहरुको विश्वास समेत जित्न सफल हुने संस्थाको सेयरलाई ब्लू चिप सेयर भनिन्छ । यस प्रकारका सेयरहरुको प्रायः बढी मूल्य कायम भै रहेको हुन्छ भने लाभांश मध्यमस्तरको प्राप्त भैरहेको हुन्छ ।

नेपाल राष्ट्र बैंक , खरिदार र अन्य संस्थान परिक्षा को लागि अत्यावश्यक बैंकिङ जानकारी भाग 2

भाग 2



ब्रान्चलेस बैंकिङ 
अहिले नेपालमा शाखारहित बैंकिङ सेवा निकै प्रभावकारी ढंगबाट संचालित छ । बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै कर्मचारीहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् ।
अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली 
यो बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवम् फछ्र्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि हो । नेपाल क्लियरिङ हाउस लिमिटेडले यो प्रविधि नेपालमा भित्र्याएको हो । गत भदौ एक गतेदेखि सञ्चालनमा आएको यस प्रणालीमा हालसम्म ६० बैंक तथा वित्तीय संस्थासँग प्रत्यक्ष सदस्यको रुपमा र तीन रेमिट कम्पनीसँग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता भइसकेको छ भने क वर्गका सबै बैंकहरु आवद्ध भइसकेका छन् । कम्पनिको विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत या बैँकमा फर्म भरेर अर्को र्बैँकको खातामा रकम भुक्तानी दिन सक्नेछन् ।
वासलात (व्यालेन्स सिट)
कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ ।
लाभांश र बोनस सेयर
कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनीहरुलाई दिइने प्रतिफल नै लाभांश हो । यस्तो लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने सेयरमा दिएमा बोनश सेयर वा स्टक डिभिडेन्ड भनिन्छ । कम्पनीको बचत वा जगेडाकोषलाई पूँजीकरण गर्नका लागि विद्यमान सेयरवालाहरुलाई यस प्रकार थप सेयर(बोनश सेयर) प्रदान गरिन्छ वा चुक्ता पूँजी वृद्धि गरिदिन्छ । लाभांशको परिमाण सञ्चालक समितिद्वारा निर्णय गरिन्छ ।
मर्चेण्ट बैंक 
धितोपत्रको प्राथमिक निष्काशन कार्य प्रवन्धको जिम्मा लिने, प्रत्याभूति गर्ने तथा धितोपत्र कारोबारका लागि दरखास्त संकलन तथा विवरण जस्ता कार्यहरु गर्ने संस्थालाई मर्चेन्ट बैंक भनिन्छ ।
धितोपत्र दलाल 
ग्राहकको तर्फबाट धितोपत्र खरीद बिक्री गरिदिने धितोपत्र ब्यवसायीलाई धितोपत्र दलाल भनिन्छ ।

नेपाल राष्ट्र बैंक , खरिदार र अन्य संस्थान परिक्षा को लागि अत्यावश्यक बैंकिङ जानकारी भाग १

पछिल्लो समय बैंकिङ जागीरमा आकर्षण बढिरहेको छ । फलस्वरुप, व्यवस्थापन संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको छ । यसले बैंकिङ जागीरमा प्रतिष्पर्धा बढाएको छ । त्यसमाथि सर्टि्फिकेटकै भरमा बैंकमा जागीर पाउँछु भन्ने विद्यार्थीहरुको सोचाईका कारण उनीहरु बेरोजगार नै बस्नुपरेको छ । वास्तवमा बैंकमा जागीर गर्नका लागि सर्टि्फिकेट मात्र नभएर व्यवहारिक ज्ञानहरु पनि हुनु जरुरी हुन्छ । बैंकिङ क्षेत्रबारे राम्रोसँग बुझेको व्यक्तिलाई बैंकले जागीर नदिने भन्ने हुँदैन । त्यसैले, बैंकमा जागीरका लागि अन्तर्वार्ता दिन जाँदा निम्नलिखित कुराहरु राम्रोसँग बुझेर जानुभयो भने तपाईँ छनौटमा पर्ने सम्भावना प्रवल रहन्छ :
चेक
चेक त्यो आदेशपत्र हो, जसको माध्यमबाट बैंकबाट रकम वा पैसा निकाल्न सकिन्छ । बैंक खातामा जम्मा गर्ने ग्राहकले बैंकद्वारा तयार गरिएको पैसा झिक्न प्रयोजनको निमित्त ग्राहकलाई दिइन्छ । यो त्यस्तो विनिमयपत्र हो, जुन बैंकमाथि खिचिएको हुन्छ र माग हुनासाथ तुरुन्तै भुक्तानी पनि हुन्छ । चेक भनेको ग्राहकले आफ्नो खातामा राखेको रकमको माग फाराम हो । ब्यक्ती वा व्यावसायिक संगठनले बैंकमा रहेको आफ्नो खाताबाट निश्चित ब्यक्ती वा संस्थालाई दिन भनी बैंकलाई लेख्ने आदेश वा निर्देशन हो ।
एटीएम
अटोमेटेड टेलर मेसिन अर्थात् एटिएमलाई अन्तर्रा्ष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । विकसित देशमा कार्र्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ ।
ई बैंकिङ
ई बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने सुविधाहरु इन्टरनेट मार्फत आफ्नै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । ई बैंकिङको प्रयोगबाट ब्यालेन्स हेर्ने, खातामा पाएको ब्याज छुट्टै हेर्ने, स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, शाखालाई ग्राहकको सन्देश दिने लगायतका सेवा लिन सकिन्छ ।
डेबिट कार्ड 
बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम (अटोमेटेड टेलर मेसिन) बाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भन्न सकिन्छ । कागजी ‘चेक’ जस्तै यसको प्रयोग पनि बैंक खातामा रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ । डेबिट कार्डको उपयोग इन्टरनेटमार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले चेक काट्ने, हस्ताक्षर नमिल्ने, बैंक तथा वित्तीय संस्थामा हुने लामो लाइनलगायतका समस्याबाट मुक्त गराउँछ । यो कार्ड हाल चलनचल्तीमा आएको ‘एटिएम’ कार्ड हो ।
क्रेडिट कार्ड 


क्रेडिट कार्डलाई भुक्तानी कार्डका रुपमा प्रयोग गरिन्छ । ग्राहकले कुनै वस्तु वा सेवा खरिद गरेपछि क्रेडिट कार्डमार्फत भुक्तानी दिन सक्छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ’ भन्नेगरि यो कार्ड जारी गरिएको हो । क्रेडिट कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म सीमाभित्रको रकम बिना व्याज प्रयोग गर्न पाउँछन् । तर त्यो अवधिभित्र चुक्ता गरेन भने ‘लेट फी’ र सामान्यभन्दा बढी दरको ब्याज तिर्नुपर्ने हुन्छ । क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ । नेपालमा क्रेडिट कार्ड कम्ति रुपमा प्रयोग हुन्छ । बैंकहरूले पनि क्रेडिट कार्ड जारी गर्न खासै चासो देखाएको पाईंदैन । मुलतः बैंकहरुले तिर्न सक्ने क्षमतामा विश्वास जितेका ग्राहकका लागि यो कार्ड जारी गर्दछन् । विकसित देशमा मानिसको उमेर, आय, स्वास्थ्य अवस्था, परिवारलगायतका विभिन्न सूचना भएपछि उसलाई कति सम्म रकम पत्याउन सकिन्छ भन्ने हिसाब निकाल्छन् । नेपालमा यस्तो प्रणालीको विकास भइसकेको छैन ।
मोबाइल बैंकिङ 
बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार देशैभरी विस्तार गर्नका लागि मोबाइल प्रविधि अन्तरगत मोवाइल वा ट्याबलेट बाट नै बैँकिङ कारोबार गर्न सकिनेगरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपलब्ध गराउँदै आएका छन् जसलाई मोबाइल बैँकिङ भनिन्छ । मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुँदा बैँकहरुको प्रत्यक्ष पहुँच नपुगेका स्थानका मानिसहरु समेत बैँकिङ सेवाबाट वञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैँकिङले निर्माण गरेको छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने हुँदा सर्वसाधारणहरुलाई बैँकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुँदा मोबाइल बैँकिङ निकै लाभदायक मानिन्छ .

खरीदार, नेपाल राष्ट्र बैंक र महिला विकासको लागि महत्त्वपूर्ण 56 वस्तुगत प्रश्नहरु


१) प्रदेश नं. ५ ले कति क्षेत्रफल ओगटेको छ ?? ➥• ११.९५ %
२) कृषि उत्पादनका दृष्ट्रिकोणले सबैभन्दा उत्कृष्ट प्रदेश कुन हो ?? ➥• प्रदेश नं. १
३) व्यावसायिक लचकता सम्वन्धी सुचिमा नेपाल कतिऔ स्थानमा पर्दछ ?? ➥• ११४ औ
४) बजारको आकारमा नेपाल कति औं स्थानमा पर्दछ ?? ➥• ९३ औ
५) सन् २०३० सम्म नेपालले निजामति सेवाको निर्णायक तहमा महिला उपस्थिति कति % पुर्याउने लक्ष्य लिएको छ ??
➥• ४० %
६) नेपालमा पहिलो पटक पूर्वाधार सम्मेलन कहिले भयो ?? ➥• २०७१ कार्तिक २५-२६
७) अन्तराष्ट्रिय शान्ति दिवश नेपालमा कहिले देखि मनाउन सुरु गरिएको हो ?? ➥• वि.सं. २०६५
८) विज्ञान दिवश २०७२ को नारा के थियो ?? ➥• ‘राष्ट्र निर्माणका लागि विज्ञान र प्रविधी’
९) फिफा महासचिव मा को चुनिएकि छन् ? ➥• सेनेगलकी फातिमा समोरा
१०) सार्कका महासचिव अमजाद हुसेनले कहिले देखि आफ्नो कार्यकाल सुरु गरे ?? ➥• २०१७ मार्च १
११) भाषा आयोगको गठन कहिले भयो ??
➥• २०७३ भदौ २३
१२) कर्णाली ब्लुजका लेखक को हुन् ??
➥• बुद्धिसागर
१३) नेल्सन मण्डेलाको निधन कहिले भयो ??
➥• २०१३ डिसेम्बर ५
१४) कोष १५ के संग सँम्बन्धित छ ??
➥• जलवायु परिर्वतन
१५) १०/१०/१० के सँग सम्बन्धित छ ??
➥• जलवायु परिर्वतन
१६) BRICS BANK को स्थापना कहिले भयो ??
➥• २०१४ जुलाई १५
१७) नेपालको पहिलो नगरपालिका कुन हो र कहिले घोषित भयो ??
➥• ललितपुर - १९७५ पुस २
१८) UN Peace Award २०१५ कसलाई प्रदान गरियो ??
➥• कोशिला चौधरी
१९) नेफ्टा अवार्ड २०७३ बाट उत्कृष्ट जनजाती चलचित्र कुन हो ??
➥• तिमी नभए
२०) नेपालको ईतिहासमा पहिलो राष्ट्रव्यापी जनमतसंग्रह कहिले भयो ??
➥• २०३७ वैशाख २० गते
२१) ITU को स्थापना कहिले भयो ??
➥• सन् १८६५
२२) IDA को प्रधान कार्यलय कहाँ रहेको छ ??
➥• वासिंङटन डिसि
२३) IMO मा नेपालले कहिले बाट सदस्यता लियो ??
➥• १९७९ जनवरी ३१
२४) UNESCO को पूरा रुप के हो ??
➥• United Nation Educational Scientific and Cultural Org.
२५) नेपालले कहिले देखि UNO का लागि स्थाई प्रतिनिधि पठाउन सुरु गरेको हो ??
➥• सन् १९५९
२६) सरकारले वैदेशिक रोजगार नीति कहिले ल्याएको हो ??
➥• २०६८
२७) मिश्रित अर्थव्यवस्थाका सिद्धान्तका प्रतिपादक को हुन् ??
➥• J.M किन्स
२८) विश्वमा हरित क्रान्तिको सुरुवात कहिलेदेखि भएको मानिन्छ ??
➥• सन् १९६०
२९) नेपालमा हाल धेरै नाफा कमाउन सफल संस्थान कुन हो ??
➥• NTC
३०) नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति कसले गर्छ ??
➥• नेपाल सरकार
३१) नेपाल राष्ट्र बैंकबाट सर्वप्रथम नोट निस्काशन कहिले गरियो ??
➥• वि.स २०१६ फागुन ७
३२) नोट जारी गर्ने कार्य कुन विभागले गर्छ ??
➥• निर्गमन विभाग
३३) टक्सारमै गल्ती गरिएको सिक्कालाई के भनिन्छ ??
➥• फिडो
३४) BASEC के सँग सम्वन्धित छ ??
➥• बैंकिङ क्षेत्र
३५) नेपालको पहिलो बैंक नेपाल बैंक लि हो भने नेपालको पहिलो आधुनिक बैंक कुन हो ??
➥• नेपाल बैंक लिमिटेड
३६) 'The end of laissez fair' नामक कृतिका लेखक को हुन् ??
➥• जे एम किन्स
३७) Blue chips के संग सम्बन्धित छ ??
➥• शेयर बजार
३८) वेलायतमा सर्वप्रथम बजेट प्रस्तुत कसले गरेका थिय ??
➥• सर वाल पोल
३९) नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत गरियो ??
➥• २००८ माघ २१
४०) कार्यक्रम बजेटको सुरुवात कहाँ बाट भएको हो ??
➥• अमेरिका
४१) नेपाली पस्मिनालाई के भनि चिनिन्छ ??
➥• च्याङ्ग्रा पस्मिना
४२) नयाँ मुलुकि एेन कहिले देखि लागू भएको हो ??
➥• २०२० भाद्र १
४३) नेपालमा मुक्ति दिवस कहिले मनाईन्छ ??
➥• भाद्र १
४४) नेपाल फुौवल संघको संस्थापक कस्लाई मानिन्छ ??
➥• नरशमशेर जवरा
४५) नेपालले फिफाको सदस्य कहिले प्राप्त गर्यो ??
➥• सन् १९७१
४६) प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥• डाँफे
४७) दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥• लालिगुराँस
४८) तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥• बाघ
४९) चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥•
५०) पाचौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ??
➥• रातो पाण्डा
५१) "हतार छ हतार छैन" निबन्ध संग्रहका लेखक को हुन् ?? ➥• भिष्म उप्रेति
५२) डुंगा खियाउने जाति भनेर कुन जातिलाई चिनिन्छ ??
➥• मल्लाह
५३) नेवारी भाषाको प्रथम चलचित्र कुन को ?? ➥• शिलु
५४) विदेशी नागरीकलाई प्रदान गरिने नेपालको सबैभन्दा ठुलो मादपदवी कुन हो ?? ➥• महाउज्ज्वल राष्ट्रदीप
५५) नेपाल सरकार द्वारा प्रदान गरिने अलंकारहरु कति छन् ??
➥• ९ वटा
५६) पाषण युगमा कला लाई के मानिन्थ्यो ??
➥• जादू

Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide

Lok Sewa Preparation Nepal Top Educational Channel and Platform Lok Sewa Aayog Guide Youtube Channel: www.youtube.com/c/loksewaaayogguidene...